सेक्यूर्ड सेक्यूरिटिजले नयाँ टीएमएस सञ्चालनमा ल्याउदैँ

शुक्रबार, १८ असोज २०८१, १५ : १४

काठमाडौँ - सेक्यूर्ड सेक्यूरिटिजले यही असोज २० गतेबाट नयाँ टीएमएस सञ्चालनमा ल्याउने भएको छ । 

हाल सञ्चालनमा रहेको टीएमएस प्रयोगमा नरहने सेक्यूरिटिजले यसै सूचना मार्फत जानकारी दिएको छ । नयाँ टीएमएस प्रयोग गर्दा यस कम्पनीमा कारोबारस गरिरहेका लगानीकर्ताहरुको आधिकारिक इमेलमा नयाँ टीएमएसको यूजर नेम र पासवर्ड सम्बन्धी जानकारी हुनेछ । 

यसरी इमेलमा आएको प्रक्रिया अबलम्बन गरी लगानीकर्ताहरुले आफ्नो यूजर नेम र पासवर्ड पाउनेछन् । नयाँ टीएमएस सम्बन्धी थप जानकारी लिनको लागि लगानीकर्तालाई कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

शुक्रबार, १८ असोज २०८१, १५ : १४

प्रतिक्रिया