‘नेशनल किड्स अफ दि इयर २०२४’ मा ४ विजेता घोषित

शुक्रबार, १८ असोज २०८१, १८ : १२

काठमाडौँ - छैटौँ ‘नेशनल किड्स अफ दि इयर २०२४’ मा सिनियर र जुनियर गरेर एकसाथ ४ विजेता घोषित गरिएको छ ।

बिहीबार राष्ट्रिय नाचघरमा अबेर साँझ सम्पन्न प्रतियोगितामा सिनियर केटी तर्फ क्यारिङ दोङ विजेता बन्दा केटातर्फ उत्सर्ग भट्टराई विजेता बने । दोङ एनआइसी एकडेकी कक्षा ५ मा अध्ययनरत छिन् भने भट्टराई ग्यालेक्सी स्कुलमा कक्षा ७ मा अध्ययनरत छन् । 

त्यस्तै, जुनियर क्याटवरीमा केटीतर्फ प्रान्भी आचार्यले शीर्ष उपाधि चुम्दा कोटातर्फ प्रणय मानन्धर विजेता घोषित भए । आचार्य माछापुच्छ्रे आभी स्कुल कक्षा ३ मा अध्ययनरत छिन् भने मानन्धर रोजबर्ड स्कुल कक्षा २ मा अध्ययनरत छन् ।

शीर्ष विजेता ४ जनाले नै थाइल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता इन्टरनेशनल किड्समा सहभागी हुनेछन् । विजेता सबैले विभिन्न गिफ्ट ह्याम्परको अलवा होलिडे ट्रिट नेपालको तर्फबाट २५–२५ हजार बराबरको अन्तर्राष्ट्रिय हवाई टिकट सहुलियत समेत प्राप्त गरेका छन् ।

प्रतियोगितामा सिनियर क्याटवरीमा केटातर्फ निशान उलक फस्ट रनर अप र आरोग्य श्रेष्ठ सेकेन्ड रनर अप छानिँदा केटीतर्फ परिसा सिटौला फस्ट रनरअप र इक्सिता तन्डुकार सेकेन्ड रनरअप भए । जुनियर क्याटवरीमा केटीतर्फ साइना थापा फस्ट रनर अप, आयुजा चौधरी सेकेन्ड रनर अप हुँदा केटातर्फ अविग्न डंगोल फस्ट रनर अप र ड्यारियन कुँवर सेकेन्ड रनर अप भए ।

उपत्यकाको ४५ बढी स्कुलका ६० प्रतियोगीले फाइनल स्पर्धा गरेको प्रतियोगिताको सोफिया महर्जन कार्की पब्लिक स्पिज, स्वस्तिका राजभण्डारीले पुर्सनल डेभलपमेन्ट, अशान्त शर्मा अभिनय, लीजा श्रेष्ठले नृत्य प्रशिक्षक रहेका थिए । लीजा श्रेष्ठ आयोजक इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टको एमडी हुन् ।

मेमोरी किङ डा.नबल पजियार, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, फिल्म निर्देशक दीपाश्री निरौला, कलाकार संघका अध्यक्ष मोहन निरौला, अभिनेता गजित विष्टलगायत अतिथि रहेको प्रतियोगितामा निर्णायक सजिना खनाल (मिस वर्ल्ड ट्रिजम नेपाल), दीपक घिमिरे (अन्तर्राष्ट्रिय मोडल), जयनसुब्बा मानन्धर (कोरियोग्राफर) महेश केसी (डान्स कोरियोग्राफर),रुक्का श्रेष्ठ (ब्युटिसियन), हरि खड्का (फुटबल खेलाडी),इन्ता श्रेष्ठ (फेसन डिजाइनर), सिता सुवेदी (डान्सर), पवन कायस्था (डाक्टर), परिसिका कारन्जित ब्युटिसियन) रहेका थिए । 

विभिन्न उपविजेता समेत छानिएका र नेपाल एयरलाइन्सको समेत सहकार्य रहेका प्रतियोगिताको ड्रेस डिजाइन इन्ता अटायरले तयार पारेकी थिइन् । लाइभ धिमे बाजाको प्रस्तुतिबाट सुरु भएको प्रतियोगितामा प्रतियोगीले विभिन्न कल्चर ड्रेससहित इन्ट्रडक्सन राउण्ड, फ्यामिली सिक्वेललगायत विभिन्न सिक्वेलमा प्रतियोगीलाई निर्णायकले जर्ज गरेका थिए ।

शुक्रबार, १८ असोज २०८१, १८ : १२

प्रतिक्रिया