काठमाडौँ - सेयर बजार देशको आर्थिक अवस्था झल्काउने एउटा महत्वपूर्ण क्षेत्र हो । सेक्युरिटी खरिद बिक्री केन्द्र नेपालमा सरकारले वि.सं. २०३३ सालमा स्थापना गरेको थियो । यही केन्द्रलाई २०५० सालमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा रुपान्तरण गरिएको हो।
सेयर बजार परिसूचक (इन्डेक्स) ले स्टक एक्सचेन्जमा भएको कारोबारको स्थिति बताउँछ । समग्रमा बजार घटेको छ वा बढेको छ, कतातिर गइरहेको छ भन्ने संकेत बजार परिसूचकले गर्छ ।
प्राविधिक रुपमा यो एउटा औसत अंक हो । सामान्यतया बजारमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घट्दा सेयर परिसूचक घट्छ, बढ्दा बढ्छ । नेप्से परिसूचक २०७८ भदौ २ गतेको दिनमा ३२०० को विन्दुसम्म पुगेको थियो । यो नै नेप्सेले छोएको हालसम्मकै उच्च विन्दु हो ।
सेन्सेटिभ इन्डेक्सः बजारमा भएका सबै कम्पनीको सट्टा तुलनात्मक रुपमा वित्तीय हिसाबले बलियो, पारदर्शी, संस्थागत सुशासन भएका कम्पनीलाई मात्रै समेटेर परिसूचक बनाउने क्रममा नेप्सेले सेन्सेटिभ इन्डेक्स ल्याएको हो ।
यसका कार्यहरू
१ )सेयर, डिभेन्चर र बन्डको दोस्रो बजारको प्लेटफर्मको खरिद बिक्रि गर्ने ब्रोकर बजार उपलब्ध गराउँछ ।
२) निश्चित कम्पनी, ब्रोकर र लगानीकर्तालाई नियमन गर्ने काम गर्छ ।
३) पुँजी बजारका बारेमा जनचेतना फैलाउँछ ।
४) पुँजी बजारको विकास र विस्तारका लागि सी।डी।एस वा सेयर राख्ने संस्था बढाउनुका साथै नयाँ प्रोडक्ट के कस्ता छन्, त्यो बारेमा नयाँ रिर्सच गरेर विकास गर्ने, नेपाल सरकार र धितोपत्र बोर्ड अन्तर्गत रहेर सुझाव सल्लाह दिन्छ ।
५) पुँजी बजारका राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुसँग मेम्बरसिप लिने तथा ऐन अनुसार सेयर कारोबार गर्ने पब्लिक लिमिटेड कम्पनीहरुको नियमन तथा अनुगमन गर्छ ।
६) नयाँ कम्पनीहरुलाई स्टक एक्सचेन्जमा कारोबारयोग्य हो भनेर लिस्टमा हाल्ने र साथसाथै लिस्टीङ्ग नभएका वा खारेजी भएका कम्पनीहरुलाई ओ।टि।सि। मार्केट मार्फत कारोबार गराउने कार्य पनि नेप्सेले गरिरहेको छ ।
७) स्वच्छ, पारर्दशी, विश्वासजन्य, न्यायोचित मार्केट चलाउने र लगानीकर्ताको हितमा कार्य गर्छ ।
८) नेपाल सरकारका नीति नियमहरुलाई सहयोग गर्दै पुँजी बजारमा दोस्रो बजारको विकास र विस्तार गर्छ ।
नेप्से परिसूचकका प्रमुख सूचकहरू
नेप्से परिसूचक: यो प्रमुख सूचकांक हो जसले समग्र शेयर बजारको प्रदर्शनलाई मापन गर्छ।
सेन्सेटिभ इन्डेक्स: यस सूचकांकमा ए-क्लासका बैंकहरू मात्र समावेश गरिएका छन्। यसले विशेषत: वाणिज्य बैंकहरूको प्रदर्शनलाई मापन गर्छ।
फ्लोट इन्डेक्स : यस सूचकांकमा बजारमा उपलब्ध फ्लोटिंग शेयरहरूको प्रदर्शनलाई समेटिएको हुन्छ।
सेन्सेटिभ फ्लोट इन्डेक्स: यसमा ए-क्लासका बैंकहरूको फ्लोटिंग शेयरहरूको प्रदर्शन समावेश गरिएको हुन्छ।
प्रतिक्रिया