महुली लघुवित्तको १६ हजार ४१० कित्ता संस्थापक शेयर बिक्रीमा

आइतबार, २० असोज २०८१, १२ : ४६

काठमाडौँ - महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले  संस्थापक शेयरधनीको नाममा रहेको १६ हजार ४१० कित्ता शेयर बिक्रीमा राखेको छ ।

उक्त शेयर यसअघि संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी गत असार २१ गतेबाट बिक्री खुला गरेको थियो । तर ३५ दिनसम्म पनि संस्थापकबाट सो शेयर खरीदका लागि आवेदन नपरेपछि कम्पनीले सर्वसाधारणले किन्न पाउने गरी पुनः बिक्री खुला गरेको हो ।

सो शेयर किन्न इच्छुकले आवश्यक पर्ने कागजात सहित ७ दिनभित्र कम्पनी सचिवको कार्यालय अग्नीसाइर कृष्णासवरण–६, महुली सप्तरीमा आफूले किन्न चाहेको कित्ता विवरण खुलाई निवेदन दिनु पर्नेछ ।

आइतबार, २० असोज २०८१, १२ : ४६

प्रतिक्रिया