काठमाडौँ - साताको पहिलो कारोबार दिन सेयर बजार ५६.०९ अंकले बढेर २६५३.५८ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३०८ कम्पनीको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा सबै उपसूचक हरियाली भएको छ ।
यस दिन बजारमा बढोत्तरी आउँदा न्यादी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । मध्यभोटेकोशी जलविद्युत कम्पनी, त्यसैगरी, इष्टर्न हाइड्रोपावर, गुडविल फाइनान्स, स्याङग्री पावर लगायतको कम्पनीको सेयर मूल्य उच्च दरमा बढेको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी सहास उर्जा लिमिटेडको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६३ करोड ८३ लाख ५८ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चरको २५ करोड ५७ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन नेपाल फाइनान्सको १५ करोड ९९ लाख १० हजार रुपैयाँ, गुडविल फाइनान्सको १५ करोड १३ लाख २९ हजार रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्स संस्थापक सेयरको १४ करोड ५७ लाख ५० हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया