राष्ट्रबैङ्कद्धारा निक्षेप सङ्कलन उपकरण जारी

सोमबार, २१ असोज २०८१, १० : ४०

काठमाडौँ- बैङ्क तथा वित्तीय संस्थाहरूसँग भएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्रबैङ्कले निक्षेप सङ्कलन उपकरण जारी गरेको छ ।

राष्ट्रबैङ्कले तरलता व्यवस्थापन गर्न सोमबार ४० अर्ब रुपैयाँको निक्षेप सङ्कलन उपकरण जारी गरेको हो । राष्ट्रबैङ्कले बैङ्कहरूमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न दुई दिनका लागि ४० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्न लागेको हो । जसको बोलकबोल सोमबार नै ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’मार्फत हुनेछ । बैङ्क तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी सोमबार ३ बजेसम्म आवेदन दिन सक्नेछन् । 

उपकरणको ब्याजदर बोलकबोलमार्फत नै निर्धारण हुनेछ । सावाँ तथा ब्याज भुक्तानी असोज २३ गते हुने राष्ट्रबैङ्कले जनाएको छ । 

सोमबार, २१ असोज २०८१, १० : ४०

प्रतिक्रिया