सिइडिबी हाइड्रोपावरको साधारणसभा आज

सोमबार, २१ असोज २०८१, ११ : ५५

काठमाडौँ - सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारणसभा आज असोज २१ बस्दैछ। 

कम्पनी सञ्चालक समितिको बैठकको निर्णय अनुसार काठमाडौंको कालिमाटीस्थित कालिमाटी ब्याङ्क्वेटमा बिहान १० बजे साधारणसभा बस्न लागेको हो।साधारणसभाको मुख्य एजेण्डा लाभांश र हकप्रद सेयर रहेका छन्। अघिल्ला दुई आर्थिक वर्षका लागि चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर (करसहित) वितरण गर्ने प्रस्ताव साधारणसभाबाट पारित गर्ने एजेण्डा छ।

 त्यस्तै,  बोनस सेयर जारी पश्चात् कायम हुने चुक्ता पूँजीको ५४.५ प्रतिशत (१ः०.५४५ अनुपात) हकप्रद सेयर जारी गर्ने र त्यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

कम्पनीको नाम परिवर्तनसहित प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र त्यसका लागि पनि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव छ। अघिल्ला दुई आर्थिक वर्षका वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण र स्वतन्त्र सञ्चालकको नियुक्त गर्ने प्रस्ताव छन्।

सभा प्रयोजनार्थ कम्पनीले असोज ७ गते बुक क्लोज गरिसकेको छ। असोज ६ गतेसम्म कायम शेयरधनीले मात्र सभाामा भाग लिन र लाभांश प्राप्त गर्नेछन्।

सोमबार, २१ असोज २०८१, ११ : ५५

प्रतिक्रिया