काठमाडौँ - हाइड्रोपावर कम्पनी सानिमा लिमिटेडको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ७५.७४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लाभांश पारित गर्न कम्पनीले कात्तिक १४ गते बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय धुम्बाराही काठमाडौंमा प्रथम वार्षिक साधारणसभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०८०\८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८१\८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा रहेका छन् । यस्तै, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने एक जना महिलासहित तीन जना सञ्चालकको नियुक्ति तथा निर्वाचन गर्ने, सञ्चालक समितिको सिफारिस बमोजिम एक जना स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने र सञ्चालक समितिको बैठक भत्ता निर्धारण कम्पनीको सभाले गर्नेछ ।
यस्तै, आईपीओ निष्काशन गर्ने र आईपीओबाट प्राप्त रकम उपयोग गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
प्रतिक्रिया