सिईडिबी हाइड्रोपावरको वार्षिक साधारण सभा सम्पन्न

सोमबार, २१ असोज २०८१, १७ : ४७

काठमाडौँ - सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज असोज २१ गते सम्पन्न भएको छ। 

सभाले अघिल्ला दुई आर्थिक वर्षका लागि चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर (करसहित) वितरण गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरेको छ । त्यस्तै,  बोनस सेयर जारी पश्चात् कायम हुने चुक्ता पूँजीको ५४.५ प्रतिशत (१ः०.५४५ अनुपात) हकप्रद सेयर जारी गर्ने र त्यसका लागि आवश्यक कार्य गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरेको छ। 

यस बाहेक विशेष प्रस्तावको रुपमा  कम्पनीको नाम परिवर्तन सहित प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्तावमा पनि कम्पनीका सेयरधनीले स्वीकृति दिएका छन्।  कम्पनीले अगाडी सारेको  कम्पनीको परिवर्तन गर्न लागिएको नाम सिईडिबि होल्डङ्ग्स लिमिटेडलाई साधारणसभाले सहमित दिएको छ।  

सभा प्रयोजनार्थ कम्पनीले असोज ७ गते बुक क्लोज गरेको थियो । असोज ६ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्नेछन्। 

सोमबार, २१ असोज २०८१, १७ : ४७

प्रतिक्रिया