काठमाडौं- मेडिकेयर हस्पिटल लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने भएको छ।
कम्पनीले सोही प्रस्तावसहित कात्तिक १९ गते आकामा होटेल, काठमाडौंमा बिहान ११ बजेका लागि वार्षिक साधारणसभा बोलाएको हो। सभामा कम्पनीले प्रिमियममा आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ। कम्पनीले हाल कायम १०० रुपैयाँ अंकित मूल्यलाई घटाएर ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पनि पेश गर्नेछ।
यस्तै, सेयरधनीलाई गत वर्षको नाफाबाट १५ प्रतिशत नगद लाभांश ९कर सहित० वितरण गर्ने प्रस्ताव पनि पेश हुनेछ। यसका साथै, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ। यसैगरी, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ। प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा पनि छलफल हुनेछ।
यसले सभा प्रयोजनार्थ कात्तिक १२ गते बुक क्लोज गर्ने भएको छ। कात्तिक ११ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन्।
प्रतिक्रिया