काठमाडौँ - हिमालयन म्युचुअल फन्डअन्तर्गत सञ्चालित हिमालयन ८०–२० योजनाको आर्थिक वर्ष २०८०\८१ का लागि लाभांश घोषणा गरिएको छ।
योजना व्यवस्थापक हिमालयन क्यापिटलको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट इकाइधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैठकले कर सहित ६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
साथै योजनाको ईकाइधनी दर्ता किताब बन्द ९बुक क्लोज० हुने सम्बन्धी सूच्ना यथाशीघ्र प्रकाशित गरिने जानकारी दिएको छ ।
प्रतिक्रिया