सेयर बजारमा दोहोरो अंकको गिरावट

मंगलबार, २२ असोज २०८१, १५ : ०९

काठमाडौं - साताको तेस्रो कारोबार दिन सेयर बजार २७.३९ अंकले घटेर २६६३.३२ को विन्दुमा कायम भएको छ ।

यस दिन नेप्सेमा कारोबार भएको ३०० कम्पनीको १ करोड ३ लाख ३० हजार ५०२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा सबै उपसूचक राताम्मै भएको छ ।

यस दिन बजारमा गिरावट आउँदा इष्टर्न हाइड्रोपावरको सेयर सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ८.५० प्रतिशतले घटेको छ । त्यसैगरी, बुद्धभुमी नेपाल हाइड्रोपावर, नेपाल फाइनान्सको, बोतलर्स नेपाल (तराई) लगायत कम्पनीको सेयर मूल्य घटेको छ ।
सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए


सर्वाधिक कारोबार हुने कम्पनी

यस दिन सबैभन्दा बढी एनएलजी इन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २७ करोड १७ लाख ६१ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल फाइनान्सको २३ करोड ९७ लाख १२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन हिमालयन रिइन्स्योरेन्सको १३ करोड ७६ लाख ७० हजार रुपैयाँ, एनआइसी एशिया बैंकको १२ करोड ८६ लाख ७६ हजार रुपैयाँ, गुडविल फाइनान्सको १० करोड ५८ लाख ४७ हजार रुपैयाँको कारोबार भएको हो ।

मंगलबार, २२ असोज २०८१, १५ : ०९

प्रतिक्रिया