गायक राजु लामाको गीत ‘तिम्रा पाइलाहरू’ सार्वजनिक

मंगलबार, २२ असोज २०८१, १७ : ५१

 

काठमाडौँ - गायक राजु लामा र गायिका त्रिसला गुरुङको युगल स्वर रहेको गीत ‘तिम्रा पाइलाहरू’ सार्वजनिक भएको छ । 

गीतमा लेखूँ सहयात्रीको शब्द तथा सङ्गीत छ ।  गीतको भिडियो पनि बनेको छ । जसमा ध्रुव जिसी र नीति शाहको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन सोनाम पाख्रिनले गरेका हुन् । भिडियोमा ध्रुव र नीतिको केमेस्ट्री सुहाएको छ । 

उत्सव दाहालको छाँयाकन, कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियो विकास दाहालले सम्पादन गरेका हुन् । 

मंगलबार, २२ असोज २०८१, १७ : ५१

प्रतिक्रिया