सेयर बजार ४.८५ अंकले बढ्यो

बुधबार, २३ असोज २०८१, १५ : २३

काठमाडौं - साताको चौथो कारोबार अर्थात दशैं अघिको अन्तिम कारोबार दिन सेयर बजार ४.८५ अंकले बढेर २६६८.१७ को विन्दुमा कायम भएको छ ।

यस नेप्सेमा कारोबार भएको २९४ कम्पनीको ८३ लाख १२ हजार ६८५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड १५ लाख १२ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा नौ उपसूचक हरियाली भएको छ ।

यस दिन बजारमा बढोत्तरी आउँदा मिड सोलु हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, अपर स्याङ्गे हाइड्रोपावरको ९.९३ प्रतिशत, एनआइसी एशिया फ्लेक्सी क्यापको ८.८० प्रतिशत, जोशी हाइड्रोपावरको ८.४२ प्रतिशत, राप्ती हाइड्रोको ९.६५ प्रतिशत, अपर सोलु हाइड्रोको ६.५५ प्रतिशत, पिपुल्स हाइड्रोपावरको ६.४९ प्रतिशतले सेयर मूल्य बढेको छ ।
 

सर्वाधिक कारोबार हुने  कम्पनी

यस दिन सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २२ करोड १ लाख ५८ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सानिमा बैंकको १८ करोड ९८ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन हिमालयन रिइन्स्योरेन्सको १५ करोड ७२ लाख ८८ हजार रुपैयाँ, सहास उर्जाको १५ करोड २७ लाख ५८ हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्सको ९ करोड ९१ लाख ४९ हजार रुपैयाँको कारोबार भएको हो ।
 

बुधबार, २३ असोज २०८१, १५ : २३

प्रतिक्रिया