काठमाडौँ- नेपाल धितोपत्र बोर्डले लिवर्टी इनर्जी कम्पनी लिमिटेडलाई ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ ।
बोर्डले गत असोज २३ गते लिबर्टी इनर्जीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो। धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब लिबर्टी इनर्जीले चुक्तापुँजीको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद सेयर आफ्ना सेयरधनीहरुलाई बिक्री खुला गर्ने छ । जस अनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७५ लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ।
हकप्रद सेयर बिक्रीबाट कम्पनीले ७५ करोड रुपैयाँ संकलन गर्नेछ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ। लिबर्टी इनर्जीको हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
प्रतिक्रिया