सेयर बजारमा दोहोरो अंकको वृद्धि

मंगलबार, २९ असोज २०८१, १५ : ११

काठमाडौँ - दशैं पछिको पहिलो कारोबार दिन सेयर बजार ३१.४८ अंकले बढेर २६९९.६६ को विन्दुमा कायम भएको छ ।

यस दिन नेप्सेमा कारोबार भएको ३०७ कम्पनीको ६४ लाख १७ हजार २६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६ करोड २३ लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा १२ उपसूचक हरियाली भएको छ । यस दिन बजारमा बढोत्तरी आउँदा जानकी फाइनान्स र मिथिला लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी,   मल्टिप्रपोज फाइनान्सको ९।३२ प्रतिशत, सम्वृद्धि फाइनान्सको ६.८४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीमा सकरात्मक सर्किट


सर्वाधिक कारोबार हुने कम्पनी

यस दिन सबैभन्दा बढी गोर्खाज फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १८ करोड ५ लाख १ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल फाइनान्सको ११ करोड २३ लाख ५९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन  हिमालयन रिइन्स्योरेन्सको १० करोड ९३ लाख ७३ हजार रुपैयाँ, सिइडिबी हाइड्रोपावरको १० करोड २ लाख ६४ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको ८ करोड ४१ लाख १३ हजार रुपैयाँको कारोबार भएको हो ।

मंगलबार, २९ असोज २०८१, १५ : ११

प्रतिक्रिया