भदौमा भित्रियो १२६ अर्ब रेमिट्यान्स

मंगलबार, २९ असोज २०८१, १७ : १७

काठमाडौँ - नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै  १ खर्ब २६ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । 

साउन महिनामा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स आएको थियो । योसँगै दुई महिनामा रेमिट्यान्स आप्रवाह  २ खर्ब ६३ अर्ब १४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।यो अवधिमा भएको आप्रवाह अघिल्लो आर्थिक वर्षको दुई महिनामा भएको रेमिट्यान्स आप्रवाहको तुलनामा २२.८० प्रतिशत बराबर हो ।

त्यसमध्ये डलरमा आएको रेमिट्यान्स १ अर्ब २ करोड रुपैयाँ बराबर रहेको रिपोर्टमा उल्लेख छ । दुई महिनाको अवधिमा मात्रै वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २२ हजार ६४७ रहेको छ ।

श्रम स्वीकृति लिनेको सङ्ख्या घटे पनि यो अवधिमा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या श्रम स्वीकृति लिनेको सङ्ख्या ३९ हजार १५२ हुँदा पुनः श्रम स्वीकृति लिने १६ हजार ४२३ थिए ।
 

मंगलबार, २९ असोज २०८१, १७ : १७

प्रतिक्रिया