एनएमबि बैंकले कात्तिक महिनाका लागि ब्याजदर स्थिर

बुधबार, ३० असोज २०८१, ०८ : ३५

काठमाडाैँ- एनएमबि बैंकले कात्तिक महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिकमा निक्षेपकर्तालाई मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याज दिनेछ । 

यसअघि बैंकले असोजमा व्यक्तिगततर्फ र संस्थागत दुवैमा सोही ब्याजदर दिएको थियो ।त्यस्तै, साधारण बचतमा बैंकले असोजकै ब्याजदरलाई कात्तिकमा पनि निरन्तरता दिएको छ । बैंकले न्यूनतम ०२ प्रतिशतदेखि अधिकतम ४.५२ प्रतिशत ब्याजदर दिनेछ । 

बुधबार, ३० असोज २०८१, ०८ : ३५

प्रतिक्रिया