काठमाडाैं- लक्ष्मी सनराइज बैंकले मुद्दती निक्षेपमा ५ महिनापछि ब्याजदर परिवर्तन गरेको छ । कात्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ, जसमा ५ महिनापछि मुद्दती निक्षेपको ब्याजदर घटाएको हो ।
बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असोजमा व्यक्तिगततर्फ ६।५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत प्रतिशत ब्याज दिएको थियो । असारदेखि असोजसम्म सोही ब्याजदर तोकिएको थियो । बैंकले कात्तिकमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ४.५ प्रतिशत ब्याजदर तोकेको छ ।
प्रतिक्रिया