सिमकोटबाट नेपालगञ्ज र सुर्खेत जाने यात्रहरुलाई लाइनमा राखेर पालो अनुसार टिकट वितरण गर्ने

बुधबार, ३० असोज २०८१, १३ : ३१

 काठमाडौँ- नेपाल एइरलाइन्स सिमकोट शाखाले सिमकोटबाट नेपालगञ्ज र सुर्खेत जाने यात्रहरुलाई लाइनमा राखेर पालो अनुसार टिकट वितरण गर्ने भएको छ ।

सर्वसाधारण यात्रुहरूले पालो अनुसार टिकट पाउने ब्यवस्थाका लागि यो प्रणालीबाट टिकट वितरण गर्न लागिएको हो ।

यात्रु चापबढी भएको कारण सवैले आफ्नो पालो अनुसार टिकट पाउने ब्यवस्थाका लागि टिकट वितरण गर्न लाइनमा बस्ने प्रणाली लागु गरिएको नेपाल एइरलाइन्स सिमकोटका प्रमुख छिरिङ लामाले बताए । कार्यालयमा आउने यात्रुहरुलाई टिकट दिदा निष्पक्ष नभएको गुनासो आएपछि लाईनमा जो यात्रु पहिलो आउछ, उसैलाई टिकट दिन लागिएको उनले बताए । मंगलबार टिकट पहुँचका आधारमा वितरण गरिएको भन्दै कार्यालयको सिसा फुटाउने कार्य भएको थियो ।

यसरी लाइनमा वसेर एक उडानमा छ वटा टिकट वितरण गरिनेछ । सिमकोटबाट नेपालगञ्ज र सुर्खेतका लागि एघार जना यात्रुहरु बोकेर जहाजले उडान भर्ने गर्छ । त्यसमा दुई जना बिरामी, दुई जना स्थानीय प्रशासनको सिफारिसमा सरकारी सिट र एक सिट भने कार्यालयले बितरण गर्ने गर्छ । अब आगामी कातिक ५ गते सोमबारका लागि आइतबार कातिक ४ गते लाइनमा टिकट वितरण गरिने उनले बताए । नेपाल एइरलाइन्सले नेपालगञ्जबाट हप्ताका एक उडान र सुर्खेतबाट एक उडान भर्ने गरेको छ ।

बुधबार, ३० असोज २०८१, १३ : ३१

प्रतिक्रिया