अपि पावर कम्पनी लाभांश सुरक्षित गर्ने  आज अन्तिम दिन

विहीबार, ०१ कार्तिक २०८१, ०७ : ४३

 काठमाडाैं- अपि पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (कात्तिक १) अन्तिम दिन हो ।  साधारणसभा तथा लाभांश वितरण प्रयाजनार्थ यस कम्पनीले शुक्रबार (कात्तिक २ गते) बुक क्लोज गर्दैछ । सभा भने कात्तिक ११ गते बस्नेछ ।

आजसम्म कायम शेयरधनी मात्रै लाभांश पाउन र कम्पनीको सभामा उपस्थित हुन पाउनेछन् ।  कम्पनीले ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको छ । 

यसअघि कम्पनीले निर्णय गरेको ९ प्रतिशत बोनस शेयर र ०.४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । पछि विद्युत नियमन आयोगले अनुमति नदिएपछि लाभांश संशोधन गरी सभा डाकेको हो । 

विहीबार, ०१ कार्तिक २०८१, ०७ : ४३

प्रतिक्रिया