बैंकमा थुप्रियो निक्षेप, १ खर्ब खिच्दै राष्ट्र बैंक

विहीबार, ०१ कार्तिक २०८१, ०८ : ५३

काठमाडाैं-  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा थुप्रिएको १ खर्ब रुपियाँ खिच्ने भएको छ । राष्ट्र बैंकले १३ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत सो रकम खिच्न लागेको हो ।उक्त रकमको बोलकबोल आज (कात्तिक १) हुनेछ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।  बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकमबराबरको माग गर्न सक्नेछन् ।

साँवा र ब्याज भुक्तानी कात्तिक १४ गते एकमुष्ट फिर्ता गर्नेछ । 

विहीबार, ०१ कार्तिक २०८१, ०८ : ५३

प्रतिक्रिया