काठमाडौँ - नेपाल धितोपत्र बोर्डले समता घरेलु लघुवित्तलाई साधारण सेयरको थप (एफपीओ) निश्कासन गर्न स्वीकृति प्रदान गरेको छ ।
बोर्डले कम्पनीलाई १०० रुपैयाँ अंकित दरमा ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ निश्कासनको स्वीकृति दिएको हो ।
यो कम्पनीको चुक्तापूँजी ५६ करोड ४० लाख रुपैयाँ रहेको छ । कम्पनीले सर्वसाधारणको सेयर हिस्सा चुक्तापूँजीको ३० प्रतिशत पुर्याउन एफपीओ निश्कासन गर्न लागेको हो ।
प्रतिक्रिया