प्रभु बैंकको ३ लाख ६९ हजार कित्ता सेयर बिक्रीमा

विहीबार, ०१ कार्तिक २०८१, १२ : १०

काठमाडौँ - प्रभु बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ३ लाख ६९ हजार ८५ कित्ता सेयर बिक्रीमा राखेको छ ।

उक्त सेयर संस्थापकहरूले खरीद नगरेपछि सर्वसाधारण व्यक्ति वा संस्थाले मात्रै किन्न पाउने गरी बिक्री खुला गरिएको बैंकले जनाएको छ । सेयर किन्न इच्छुकले आवश्यक पर्ने कागजात सहित १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

विहीबार, ०१ कार्तिक २०८१, १२ : १०

प्रतिक्रिया