काठमाडौं - नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल फ्लेक्सी क्याप फन्डले आफ्ना इकाइधनीलाई नगद लाभांश वितरण गर्न सुरु गरेका छन् ।
नबिल ब्यालेन्स्ड फन्ड–२ ले असोज २१ गते र नबिल फ्लेक्सी क्याप फन्डले असोज १६ गतेबाट इकाइधनीको खातामा नगद लभांश जम्मा गरिदिन सुरु गरेका हुन् । नबिल ब्यालेन्स्ड फन्ड–२ले गत वर्षको नाफाबाट करसहित ८ प्रतिशत र नबिल फ्लेक्सी क्याप फन्डले करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका थिए ।
सोही लाभांश डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका इकाइधनीहरुलाई वितरण गरेको कम्पनीले जानकारी गराएको छ ।
प्रतिक्रिया