काठमाडौंँ - फिल्म ‘ताण्डवम्’ भ्यालेन्टाइन डेको दिन पारेर आगामी फागुन २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।
निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । लामो समयदेखि नेपाली फिल्ममा कलरिष्टको रुपमा काम गर्दै आइरहेका जुनिम गहतराजको निर्देशमा डेब्यु यो फिल्मको पोस्टरमा एक व्यक्ति हातमा बेल्चा लिएर देखिएका छन् ।
फिल्म अहिले पोस्ट प्रोडक्सनमा छ । अनिरुद्द आत्रेय र हुसेनको लेखन (कथा, पटकथा तथा संवाद) रहेको फिल्मलाई धन कुमारी गहतराज, सविना मगर र मनिष गौतमले निर्माण गरेका हुन् ।
फिल्ममा अंकित खड्का, पुस्कर गुरुङ, प्रेम सुब्बा, अनोज पाण्डे, सरिना मगर, जुनीम गहतराज लगायतको अभिनय छ । हरि घले लामाको छायांकन तथा सम्राट बस्नेतको द्वन्द्व निर्देशन फिल्ममा छ ।
प्रतिक्रिया