सेयर बजारमा २.४७ अंकले वृद्धि

विहीबार, ०१ कार्तिक २०८१, १५ : ०९

काठमाडौं - साताको अन्तिम कारोबार दिन सेयर बजार २.४७ अंकले बढेर २७४५.३६ को विन्दुमा कायम भएको छ ।

यस दिन नेप्सेमा कारोबार भएको ३१६ कम्पनीको १ करोड ८८ लाख ७ हजार ४९२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १९ करोड २७ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा ६ उपसूचक हरियाली भएको छ ।

यस दिन बजारमा सामान्य वृद्धि हुँदा गुडविल फाइनान्सको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७.५३ प्रतिशतले बढेको छ । त्यसैगरी, एनआइसी एशिया सेलेक्ट फण्डको ६.१९ प्रतिशत, सनराइज ब्ल्यू चिप फण्डको ६.१४ प्रतिशत, समाज लघुवित्तको ५.१२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

सेयर बजार सामान्य अंकले बढ्दा यी हुन् कमाउने कम्पनी


सर्वाधिक कारोबार हुने कम्पनी

यस दिन सबैभन्दा बढी कुमारी बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३३ करोड १३ लाख ९० हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एचआइडिसिएल संस्थापक सेयरको २६ करोड ६२ लाख १३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन हिमालयन रिइन्स्योरेन्सको २० करोड २३ लाख ४१ हजार रुपैयाँ, ङादी ग्रुप पावरको १८ करोड ५६ लाख ८१ हजार रुपैयाँ, गुडविल फाइनान्सको १८ करोड ३९ लाख १७ हजार रुपैयाँको कारोबार भएको हो ।

विहीबार, ०१ कार्तिक २०८१, १५ : ०९

प्रतिक्रिया