काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीबार एक कम्पनीको मूल्य समायोजन गरेको छ ।
नेप्सेले अपी पावर कम्पनीको ५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता २९६.१९ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार ३११ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
सोही मूल्यको आधारमा आइतबार सेयरबजारमा कारोबार खुल्नेछ ।
प्रतिक्रिया