निफ्राको उर्जा ऋणपत्र निष्काशनको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

विहीबार, ०१ कार्तिक २०८१, १८ : १४

काठमाडौँ - नेपाल इन्फ्रास्ट्राक्चर बैंक लिमिटेडले ७ वर्ष अवधि तथा  वार्षिक ६ प्रतिशत ब्याजदर रहेको “निफ्रा उर्जा ऋणपत्र ६% (२०८८\८९)” नामको कूल ५०,००,००० कित्ता ऋणपत्र निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  

उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट नायब महाप्रबन्धक श्री विनय नाथ न्यौपाने र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक श्री सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् । नेपाल धितोपत्र बोर्डको स्विकृती पश्चात् कूल निष्काशन गरिने ऋणपत्रको ६० प्रतिशत ऋणपत्र परिपत्र विधिबाट संस्थाहरुको लागि र ४० प्रतिशत अन्य सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिने छ ।
 

विहीबार, ०१ कार्तिक २०८१, १८ : १४

प्रतिक्रिया