माछापुच्छ्रे बैंकको १० लाख ५६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

शुक्रबार, ०२ कार्तिक २०८१, १२ : ०८

काठमाडौँ - माछापुच्छ्रे बैंकको १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।

बैंकका संस्थापक सेयरधनी गणेशबहादुर श्रेष्ठको नाममा रहेको सेयर बिक्रीमा राखिएको हो। सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनी तथा अन्य व्यक्ति र संस्थाले ७ दिनभित्र काठमाडौंको सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलमा निवेदन दिनुपर्नेछ।

 
 

शुक्रबार, ०२ कार्तिक २०८१, १२ : ०८

प्रतिक्रिया