दुई फन्डको नगद लाभांश इकाइधनीहरुको खातामा जम्मा

शुक्रबार, ०२ कार्तिक २०८१, १३ : ५५

काठमाडौं - प्रभु सेलेक्ट र प्रभु स्मार्ट फन्डले आफ्ना इकाइधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेका छन् ।

आर्थिक वर्ष २०८०\८१ को नाफाबाट प्रभु सेलेक्ट फण्डले कर सहित १० प्रतिशत र प्रभु स्मार्ट फन्डले ८.५० प्रतिशत नगद लाभांश वितरण गरेका थिए । सोही लाभांश दुवै फन्डले असोज १३ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गरेको इकाइधनीको खातामा लाभांश जम्मा गरेको बताएका छन् ।

फन्डको योजना व्यवस्थापक प्रभु क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइधनीहरुलाई खाता अद्यावधिक गराउन भनेको छ ।
 

शुक्रबार, ०२ कार्तिक २०८१, १३ : ५५

प्रतिक्रिया