काठमाडौँ - डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन सिजन २’को फाइनलमा पुगेकी रोमिया भट्टराई ११ वर्षकी मात्रै भइन् ।
नृत्यकला तारिफ गर्दै अहिले उनलाई जिताउनका लागि अभियान चलिहरेका छन् । कात्तिक १० गते हुने फाइनलमा उनलाई जिताउनका लागि अभियान सञ्चालन गरिएको हो । नुवाकोट तारकेश्वर(४ कि रोमिया शोकै कान्छी प्रतियोगी भएको बताइएको छ ।
नुवाकोट लगायत हेटौँडाका विभिन्न नृत्य प्रतियोगिताहरूमा समेत नाम कमाएकी उनलाई जिताउन इभेन्ट एन्ड भोटिङ प्लेटफर्म एवेन्टोज तथा ग्लोबल पे र इसेवाबाट भोट गर्न सकिन्छ ।
रोमियासँगै फाइनल भिडन्तमा अनिल सुनुवार, बबिता पोखरेल, जिके क्वीन्स, साजन गुरुङ र शुभम सिंह रहेका छन् । उनीहरुका लागि समेत जिताउनका लागि अभियान सञ्चालन भएका छन् ।
प्रतिक्रिया