काठमाडौँ - मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयरधनी नरेन्द्र कुमार सोनीको नाममा रहेको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
बैंकले यसअघि नै विद्यमान संस्थापकहरूले मात्रै किन्न पाउने गरी ३५ दिने सूचना जारी गरिसकिएकाले उक्त सेयर हाल संस्थापक सेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थाहरूले खरीद गर्न पाउनेछन् ।
सेयर किन्न इच्छुकले आवश्यक पर्ने कागजात सहित बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान–१२, सुनसरी वा सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा निवेदन दिनु पर्नेछ ।
प्रतिक्रिया