काठमाडौँ - जिल्ला प्रशासन कार्यालय कास्कीले घोषणा गरेको निषेधित क्षेत्रमै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रदर्शन गरेको छ ।
पोखरास्थित सहिद चोक आसपास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएपनि रास्वपाका नेता कार्यकर्ताले सोही स्थानमा प्रदर्शन गरेका हुन् । सहित चोक आसपास क्षेत्रमा पूर्वतर्फ वाई चोक, पश्चिमतर्फ फिस्टेल चोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ मुस्ताङ चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
तर अन्तिम समयमा मात्रै निषेधित क्षेत्र घोषणा गरिएको भन्दै रास्वपाका नेताहरूले प्रहरीसँग वादविवाद गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरिएका छन् । प्रहरीले भने निषेधित क्षेत्र खाली गराउने प्रयास गर्दा दुई पक्षबिच घम्साघम्सीको स्थिति समेत छ ।
प्रतिक्रिया