काठमाडौं - बलात्कार घटनामा संलग्नलाई पक्राउ नगरेको भन्दै दाङ्गमा स्थानीयले प्रदर्शन गरेका छन् । ८ वर्षीया बालिका बलात्कार घटनामा संलग्नहरूको खोजी गर्न माग गर्दै स्थानीयले शनिवार इलाका प्रहरी कार्यालय भालुबाङ अगाडि प्रदर्शन गरेका हुन् । स्थानीय महिलाहरू तथा पीडितपक्षले प्रहरी कार्यालय अगाडि दिनभर प्रदर्शन तथा नारावाजी गरे । बालिका बलात्कृत भएको नौ दिनसम्म पनि घटनामा संलग्नलाई पक्राउ नगरिएकोले बलात्कारीको संरक्षण गर्न लागेको भन्दै स्थानीयले नारावाजी गर्दै प्रदर्शन गरेका हुन ।
राप्ती गाउँपालिका –१ भालुबाङ सशस्त्र प्रहरी वेश क्याम्प नजिकै बनाइएको पिङ खेल्न गएकी बालिका माथि गत असोज २४ गते बलात्कार भएको थियो । प्रहरीले आरोपित पक्राउ नगरेको भन्दै स्थानीय राजनीतिक दल, व्यवसायी, मानव अधिकारकर्मीलगायतको भेलाले न्यायका लागि भन्दै शनिवार १८ सदस्यीय सङ्घर्ष समिति समेत गठन गरेका छन् । भेलाले सुरज खड्काको संयोजकत्वमा १८ सदस्यीय सङ्घर्ष समिति गठन गरेको हो ।
प्रतिक्रिया