काठमाडौँ- सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दाको फाइल कास्की जिल्ला अदालतका एक नम्बर न्यायाधीश नवराज दाहालको इजलासमा पेस हुने भएको छ। जिल्ला अदालत कास्कीका श्रेष्तेदार राजन खनालका अनुसार म्याद थपको निर्णय गर्न न्यायाधीश दाहाललाई तोकिएको छ। लामिछानेको मात्र नभई अन्य म्याद थपका फाइलहरू पनि न्यायाधीश दाहालको इजलासमा पेस हुने उनले बताए ।
शुक्रवार पक्राउ गरेर पोखरा पुर्याइएका लामिछानेलाई पहिलो पटक म्याद थपका लागि अदालत उपस्थित गराइँदै छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीका अनुसार लामिछानेलाई सुरुमा दुई अभियोगमा म्याद थपको तयारी गरिएको छ। सहकारी ठगी र सङ्गठित अपराधमा म्याद थप गरिन्छ भने सम्पत्ति शुद्धीकरणबारे अनुसन्धान गर्नेबारे छलफल भइरहेको सरकारी वकिल कार्यालयले जनाएको छ।
प्रतिक्रिया