सेयर बजारमा दोहोरो अंकले गिरावट

आइतबार, ०४ कार्तिक २०८१, १५ : ३२

काठमाडौं - साताको पहिलो कारोबार दिन सेयर बजार ४७.४४ अंकले घटेर २६९७.९१ को विन्दुमा कायम भएको छ ।

यस दिन नेप्सेमा कारोबार भएको ३१५ कम्पनीको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा १२ उपसूचक राताम्मै भएको छ ।

यसदिन बजारमा गिरावट आउँदा इष्टर्न हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी, गुडविल फाइनान्सको ८.४१ प्रतिशत, एनआइसी एशिया डिबेञ्चरको ५.८३ प्रतिशत, बुटवल पावर कम्पनीको ५.०३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

दोहोरो अंकले घट्यो सेयर बजार, एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

सर्वाधिक कारोबार हुने कम्पनी

यस दिन सबैभन्दा बढी गुडविल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४५ करोड ७ लाख १ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको कुमारी बैंकको ३७ करोड ८७ लाख ६९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन हिमालयन रिइन्स्योरेन्सको २६ करोड ५ लाख ८९ हजार रुपैयाँ, एचआइडिसिएल संस्थापक सेयरको २३ करोड २६ लाख ७ हजार रुपैयाँ, ङादी ग्रुप पावरको २१ करोड २३ लाख ४ हजार रुपैयाँको कारोबार भएको हो ।

आइतबार, ०४ कार्तिक २०८१, १५ : ३२

प्रतिक्रिया