काठमाडौँ - अरुण काबेली पावर लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । कम्पनी साधारणसभा होटल क्रिस्टल गौशालामा सम्पन्न भएको हो।
कम्पनीले सभामा विशेष प्रस्तावको रुपमा कावेली इर्नअरुण काबेलीको १४औं वार्षिक साधारणसभा सम्पन्नजी लिमिटेड कम्पनीले निर्माण गरिरहेको काबेली ए जलविद्युत आयोजनाको सेयरमा लगानी गर्ने प्रस्ताव अगाडी सारेको छ। कम्पनीले गत वर्षको मुनाफाबाट लाभांस भने दिएको छैन्।
साधारणसभाबाट आर्थिक वर्ष २०८०\८१ को सञ्चालक समितिको प्रतिवेदन छलफल गर्नुका साथै , लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्दै , लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण पनि गरेको छ।
हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८९ करोड रहेको छ । अरुण काबेली पावर लिमिटेड कम्पनीले कोशी प्रदेशको पाँचथर र ताप्लेजुङ जिल्लाबीच भई बहने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको काबली बी–१ जलविद्युत राष्ट्रिय ग्रीडमा विद्युत आपुर्ति गर्दै आएको छ ।
प्रतिक्रिया