रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

आइतबार, ०४ कार्तिक २०८१, १७ : ३६

काठमाडौँ - पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई  कास्की जिल्ला अदालतले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको छ । 

कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको पुष्टि गरे । 

आजै जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न भन्दै म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । अदालतमा भएको बहसपछि न्यायाधीशले म्याद दिएसँगै अब प्रहरीले अनुसन्धान कार्य अघि बढाउनेछ । 

आइतबार, ०४ कार्तिक २०८१, १७ : ३६

प्रतिक्रिया