काठमाडाैँ- यतिबेला ,चिया पसल, तरकारी बजार र चौतारोमा दुईवटा कुराले बढी चर्चा पाएको छ । पहिलो – सहकारी ठगी आरोपमा अदालतबाट प्रक्राउपुर्जी जारी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुन् । दोस्रो– नेकपा कम्युनिष्ट पार्टी एमालेलाई जग्गा दिने भाटभटेनीका अध्यक्ष तथा ब्यापारी मीनबहादुर गुरुङ र दान लिने प्रधानमन्त्री केपी शर्मा ओली । तर, चर्चाको विषयलाई यदी जोख्ने तराजु हुन्थ्यो भने सबैभन्दा धेरै पल्लाभारी भने रास्वपा सभापति रवि लामिछानेकै देखिन्छ ।
यस्ता चर्चा रविको पक्राउ अघि बाढी पहिरोको थियो । नागरिकको पुर्नवासको थियो । तर, अहिलेको त्यो चर्चा भेट्न गाहे छ। रवि पक्राउअघि पहिलो मीनबहादुरको जग्गा दानले राष्ट्रिय राजनीति जुरुक्कै उचालिएको थियो । तर, त्यही जग्गा दानको चर्चालाई मोड्न रविको पक्राउ पनि एक हो भनेर भुल्दा अन्याय हुने छ ।
चर्को चर्चाकै बीच केपी शर्मा ओलीले जग्गा दानलाई स्वीकार गरिसकेका छन् । उनले आइतबार बसेको सचिवालय बैठकबाट त्यसलाई सर्वस्वीकार गरेको अबस्था छ । जग्गा दान दिने विषयमा आवाज उठाउँदै आएका स्थायी कमिटी सदस्य विन्दा पाण्डे, भिम रावल र केन्द्रिय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्ट्रिकरण सोध्ने निर्णय गरेको छ । यसको अर्थ अब एमालेले जग्गा दानलाई पार्टीभित्रबाट अनुमोदन गराउँदै पार्टी भित्रको विरोधी आवाजलाई थुन्ने प्रयास गरेका छन् । यसले आगामी दिनमा राष्ट्रिय राजनीतिमा ठुलो प्रभाव जमाउने सक्ने छ ।
जग्गा दानको विरोधलाई तर्काउन रविको गिफ्तारी
ब्यापारी गुरुङबाट जग्गा दान पाएका ओलीको केहीदिन यता चर्को विरोध भइरहेको थियो। राजनीतिक वृतमा एमालेको चर्को विरोध भइरहेको अबस्थामा ओलीले विशेषगरी सत्ता साझेदारी दलको दबाबमा रास्वपाका सभापति लामिछानेलाई पक्राउ पूर्जी जारी गर्न लगाएर जल्दोबल्दो इस्युलाई डाइर्भट गर्न सफल भएका हुन् । यद्यपी उनले तत्काललाई रविको पक्राउले इस्युलाई अन्त मोड्न सफल भए पनि दिर्घकालीनसम्म एमालेले गुरुङबाट पाएको जग्गादानको अपजसको भारीले थिचिरहने देखिन्छ ।
यता सत्ता साझेदार दल नेपाली कांग्रेसका पदाधिकारीहरु प्राय मौन देखिन्छन् ।
सुशासनको किफायति नारा लगाउने कांग्रेसका महामन्त्रीद्धय नै यस विषयमा ‘त कुटे जस्तो गर म रोए जस्तो गर्छु’ को अबस्थामा देखिएका छन् । महामन्त्री विश्वप्रकाशले बोल्दैमा नेपाली कांग्रेसको आधिकारिक धारणा मानिदैन, हिम्मत भए, केन्द्रिय समितिबाट निर्णय गरेर एउटा साझा धारण बनाउन सकिन्छ । तर, कांग्रेस अहिले त्यो चाहिदैन । किनभने एमालेलाई जिस्काउँदा सरकार ढल्छ र अब बन्ने शेर वहादुर देउवालाई प्रधानमन्त्री बन्ने बाटो बन्द हुन सक्छ। मुखमै आउन लागेको सत्तालाई कांग्रेस अब पर लैजान चाहान्न ।
दोस्रोः रविको पक्राउले तातिएको राजनीति
लामिछानेलाई पार्टी कार्यालय बनस्थलीबाटै पक्राउ गरेर पोखरा लगिएपछि यतिबेला पोखरामा तनाबग्रस्त बन्न पुगेको छ । प्रतिशोध साँधेको भन्दै रास्वपाका कार्यकर्ताहरु उस्तै परे मर्न समेत तयारी अबस्थामा रहेका छन् । यसले आगामीदिनमा राजनीति कोर्स कसरी अगाडी बढ्छ भन्ने कुराले अर्थ राख्ने छ । अब रविको विषय अदालतसम्म पुगेको हुँदा आगामी दिनमा राजनीतिक घटनाक्रमले पनि त्यसलाई पुष्टि गर्नेछ। नेपाली कांंग्रेस अहिलेको ओली सरकारप्रति पूर्ण सन्तुष्ट हुन सकेको छैन ।
एमालेले गरेको कामकारवाहीको जिम्मेवारी जुन देखि कांग्रेस दिन छोड्छ त्यो दिन ओली सरकार धर्मराउन थाल्ने छ । त्यसमा पनि ओलीको अध्यादेश मार्फत साना पार्टी फुटाएर ठुलो दल बन्ने महत्वकांक्षा, प्रतिपक्षी दल माओवादीका अध्यक्ष प्रचण्डका सत्ता दाउ र कांग्रेसको सत्ता प्राप्तिमा संसदको चौथौ ठुलो दल रास्वपाको अपरिहार्य पर्ने छ । अहिलेको समयमा जुन सुकैबेला रवि लामिछाने चाहिन्छ । त्यतिबेला रविले नो भनेको खण्ड राष्ट्रिय राजनीति उल्टो दिशामा हिड्ने छ ।
प्रतिक्रिया