निर्वाचन आयोगले प्रकाशित गर्‍यो अन्तिम मतदाता नामावली

विहीबार, ०१ जेठ २०८२, ११ : ०६

काठमाडौं- निर्वाचन आयोगले बुधबार अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले ०८१ चैत मसान्तसम्ममा १८ वर्ष उमेर पूरा भएका नागरिकको विवरणलाई अद्यावधिक गर्दै मतदाता नामावली प्रकाशन गरेको हो । 

मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ बमोजिम सो बमोजिमको सम्पूर्ण प्रक्रिया पूरा भएको आयोगले जनाएको छ । आज बुधबारको निर्णयअनुसार आयोगबाट अन्तिम मतदाता नामावली प्रकाशन गरिएको हो । 

आयोगको निर्णय बमोजिम महिला मतदाता ८९ लाख १० हजार ८९६, पुरुष मतदाता ९२ लाख ३७ हजार ५७२ र अन्य मतदाता १८६ गरी तत्काल जम्मा १ करोड ८१ लाख ४८ हजार ६५४ को मतदाता नामावलीमा अन्तिम मतदाता नामावली कायम भएको छ । 

विगतमा प्रकाशित मतदाता नामावलीभन्दा हाल प्रकाशित मतदाता नामावलीमा अन्य मतदाता एक जना घटी १८६ कायम भएको छ । महिला मतदाता सात हजार६९९ र पुरुष मतदाता १२ हजार १२४ थप भई जम्मा १९ हजार ८२२ जना मतदाता थप भएका छन् ।

सम्बन्धित व्यक्तिले आफ्नो मतदाता नामावली हेर्न सकिने गरी मतदाता नामावली आयोगको वेवसाइटमा प्रकाशन गरिएको छ ।

namawali

विहीबार, ०१ जेठ २०८२, ११ : ०६

प्रतिक्रिया