ब्रिक्स सम्मेलनको आयोजन गरेर आफू एक्लो नभएको सन्देश दिदै पुटीन

सोमबार, ०५ कार्तिक २०८१, ०९ : ४३

काठमाडौं - रुस– युक्रेन युद्धमा आफू एक्लो नभएको सन्देश दिन रुसले उदीयमान अर्थतन्त्रहरूको गठबन्धन ब्रिक्स समूहको शिखर सम्मेलनका लागि आगामी हप्ता रुसमा विश्वका दुई दर्जन नेताहरूको बैठक आयोजना गरेको छ ।  
उक्त शिखर सम्मेलन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले साढे दुई वर्षको आक्रमणलाई लिएर मस्कोलाई एक्ल्याउने पश्चिमा प्रयास असफल भएको देखाउन  रूसमा आयोजना गर्न लागेको अमेरिकालगायतका उसका पश्चिमा सहयोगीको बुझाई रहेको छ । युक्रेन युद्ध भएपछि रूसमा हुन लागेको यो सबैभन्दा ठूलो शिखर सम्मेलन हुनेछ ।

सो शिखर सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस, चिनियाँ नेता सी जिनपिङ, ब्राजिलका राष्ट्रपति लुइस इनासियो लुला दा सिल्भा र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान अक्टोबर २२ देखि २४ सम्म कजान शहरमा आयोजना हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि  सहभागी हुने अपेक्षा गरिएको छ । 

सम्मेलनको कार्यसूचीका मुख्य मुद्दाहरूमा पुटिनको क्षमतालाई टक्कर दिन ब्रिक्सको नेतृत्वमा भुक्तानी प्रणालीको विचार, सन् २०२२ मा रूसी बैंकहरूबाट काटिएको अन्तर्राष्ट्रिय वित्तीय नेटवर्क साथै मध्य पूर्वमा बढ्दो द्वन्द्व पनि गरिएको छ ।

क्रेमलिनले यस भेलालाई कूटनीतिक विजयको रूपमा व्याख्या गरेको छ जसले पश्चिमी ‘आधिपत्य’ लाई चुनौती दिन सक्षम गठबन्धन निर्माण गर्न मद्दत गर्नेछ ।

संयुक्त राज्य अमेरिकाले ब्रिक्स ‘भूराजनीतिक प्रतिद्वन्द्वी’ बन्न सक्ने विचारलाई अस्वीकार गरेको छ तर युक्रेन द्वन्द्व चर्किंदै जाँदा मस्कोले आफ्नो कूटनीतिक शक्ति प्रदर्शन गरेकोमा चिन्ता व्यक्त गरेको छ । मस्कोले यस वर्ष पूर्वी युक्रेनको युद्धभूमिमा निरन्तर प्रगति गरिरहेको छ भने चीन, इरान र उत्तर कोरियासँग आफ्नो सम्बन्ध लाई मजबुत बनाएको छ ।

मस्कोस्थित राजनीतिक विश्लेषक कोन्स्टान्टिन कालाचेभले एएफपीसँग भने, ‘कजानमा ब्रिक्सलाई भेला गरेर क्रेमलिनले ‘रुस एक्लो नभएको मात्र होइन, उसका साझेदार र सहयोगीहरू पनि छन् भन्ने देखाउने उद्देश्य राखेको छ ।’

सन् २०२३ मा युक्रेनबाट बालबालिकालाई गैरकानुनी रूपमा देश निकाला गरेको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आइसिसी० ले पुटिनलाई ‘खोजीको सूचीमा’ राखेको घोषणा गरेको थियो ।

‘यस पटक क्रेमलिनले बहुध्रुवीय विश्व एक वास्तविकता हो भन्ने प्रमाणित गर्दै ‘पश्चिमी दबाबको विकल्प’ देखाउन चाहेको छ’ मस्कोले पश्चिमबाट अन्य क्षेत्रहरूमा शक्ति स्थानान्तरण गर्ने प्रयासको उल्लेख गर्दै कलाचेवले भने । मस्कोले युक्रेनका चार वटा क्षेत्र कब्जा गरेको छ र त्यसलाई आफ्नो भएको दाबी गरे पनि पश्चिमा मुलुकले युक्रेनमा सेना पठाउन रूसलाई उक्साएको पुटिनले आरोप लगाउँदै आउएका छन् ।

क्रेमलिनले भनेको छ, ‘रूसले विश्वव्यापी मामिला संयुक्त राज्य अमेरिका वा कुनै एक राज्यद्वारा निर्धारित नियमहरूमा नभई अन्तर्राष्ट्रिय कानूनद्वारा निर्देशित होस् भन्ने चाहेको छ ।’
एजेन्सी

सोमबार, ०५ कार्तिक २०८१, ०९ : ४३

प्रतिक्रिया