काठमाडौं - सरकार विरुद्ध आन्दोलनको तयारीमा रहेका विपक्षी दलहरू पछिल्लो समय एकै ठाँउमा उभिएका छन्। उनीहरुले सरकारका कामकारबाहीका विषयमा समिक्षा बैठक समेत गरेका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायतका दलको संयुक्त बैठकले सोमबार प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन्। विपक्षीदलका प्रतिनिधिले अपरान्ह साढे ४ बजे प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापनपत्र बुझाउन लागेका हुन् ।
रास्वपा नेता शिशिर खनालका अनुसार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया