आन्दोलनमा जान जनमतको तयारी

सोमबार, ०५ कार्तिक २०८१, १० : १५

काठमाडौं -  देशको विषम राजनितिक परिस्थिति रहेको जनाउँदै नमत पार्टीले आन्दोलनका लागि तयार रहन पार्टी संरचनालाई निर्देशन गरेको छ । सचिवालय बैठकको निर्णय अनुसार पार्टीको सबै तहका संगठनलाई आन्दोलनको लागि तयार रहन निर्देशन गरिएको प्रवक्ता शरदसिंह यादवले बताएका छन् । 

यसैबीच जनमतले मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि  १४ कात्तिकसम्म उम्मेदवारको नाम केन्द्रीय सचिवालयमा पठाउन निर्वाचन परिचालन समितिलाई निर्देशन दिएको छ । बैठकले स्थानीय उपनिर्वाचनको लागि जिल्ला इन्चार्जको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरिएको प्रवक्ता यादवले जानकारी गराउनुभयो । निर्वाचन समितिमा निर्वाचन हुने वडा र पालिकाको केन्द्रीय समिति सदस्य, राष्ट्रिय परिषद् सदस्य, प्रदेश सदस्य, पालिका अध्यक्ष, पालिका पूर्व अध्यक्ष, वडा अध्यक्ष र वडा पूर्व अध्यक्ष रहने व्यवस्था पार्टीले गरेको छ ।

सोमबार, ०५ कार्तिक २०८१, १० : १५

प्रतिक्रिया