साढे २३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै सरकार

सोमबार, ०५ कार्तिक २०८१, १० : १५

काठमाडौँ-  सरकारले सोमबार करिब साढे २३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दैछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २३ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलका लागि बोलकबोल खुलाएको हो ।

उक्त बिलमध्ये १८ अर्ब ४९ करोड रुपैयाँ बराबरको नवीकरणीय ऋण रहेको छ भने बाँकी ५ अर्ब रुपैयाँ बराबरको नयाँ ऋणपत्र निष्कासन हुँदैछ । यसका लागि बैंक तथा वित्तीय संस्थाले बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युतीय माध्यमबाट बोलकबोलमा सहभागी हुनसक्ने जनाइएको छ ।

बोलकबोल हुने ऋणमध्ये नयाँ ऋणको अवधि २८ दिनको रहेको छ । नवीकरणीय ऋण भने ९१ दिन, 
यसअघि सरकारले यो आर्थिक वर्षमा मात्रै ३५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरिसकेको छ । सरकारले यो वर्ष ३ खर्ब ३० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । यसमध्ये ट्रेजरी बिल आन्तरिक ऋणको अल्पकालीन औजार हो ।

सोमबार, ०५ कार्तिक २०८१, १० : १५

प्रतिक्रिया