सपोर्ट लघुवित्तको लाभांश घोषणा

सोमबार, ०५ कार्तिक २०८१, १२ : ०३

काठमाडौँ - सपोर्ट लघुवित्त बित्तिय संस्थाद्वारा आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ। 

कात्तिक ४ गते बसेको २३२ औं संचालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको कमाईबाट सेयरधनीहरुलाई १४.५० प्रतिशत लाभांस दिने निर्णय गरेको हो। जसमा १३.७७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७२५ प्रतिशत नगद लाभांश रहेको छ। लघुवित्तको कुल चुक्तापुंजी १० करोड ७६ लाख रहेको छ। 

 उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरेपछि सेयरधनीहरुलाई लाभांश वितरण हुनेछ। 

सोमबार, ०५ कार्तिक २०८१, १२ : ०३

प्रतिक्रिया