काठमाडौँ - नेपाल धितोपत्र बोर्डले बलेफी हाइड्रोपावर लिमिटेडलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ ।
बोर्डले बलेफी हाइड्रोलाई १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो । कम्पनीले बैंकको ऋण तिर्नका लागि हकप्रद निष्कासन गर्न लागेको हो।
कम्पनीको गत वर्षकोअसोजमा सम्पन्न दशौं र एघारौं वार्षिक साधारण सभाले हाल कायम चुक्तापुँजी बराबर हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ ।
प्रतिक्रिया