काठमाडौं - साताको दोस्रो कारोबार दिन सेयर बजार ५७.९९ अंकले घटेर २६३९.९२ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३१९ कम्पनीको १ करोड ३७ लाख १५ हजार १५२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९० करोड ७ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा सबै उपसूचक राताम्मै भएको छ ।
यस दिन बजारमा गिरावट आउँदा ङादी ग्रुप पावरको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.२० प्रतिशतले घटेको हो । त्यसैगरी, गुडविल फाइनान्सको ५.६५ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरको ४.७९ प्रतिशत, इष्टर्न हाइड्रोपावरको ४.७५ प्रतिशतले सेयर मूल्य घटेको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २२ करोड ३ लाख ६७ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको १७ करोड ७६ लाख ५३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन कुमारी बैंकको १७ करोड ६८ लाख ६६ हजार रुपैयाँ, गुडविल फाइनान्सको १४ करोड २४ लाख ४९ हजार रुपैयाँ, नेपाल फाइनान्सको १३ करोड ९६ लाख ८९ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया