छविलाल जोशीलाई लगियो रुपन्देही

सोमबार, ०५ कार्तिक २०८१, १६ : ५८

काठमाडौँ - पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले रुपन्देही लगेको छ । 

सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई सोमबार बिहान रुपन्देही पठाइएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनलाई सोमबार जहाजमार्फत रुपन्देही लगिएको हो । त्यहाँपनि उनीविरुद्ध सहकारी ठगीबारे बयान गराइने छ । 

जोशी गत असोज ६ गते पक्राउ परेका थिए । उनी गोरखा नेटवर्कमा जीबी राई र रवि लामिछानेका तत्कालीन साझेदार समेत हुन् । उनको त्यहाँ बयान पूरा भएपनि कात्तिक ७ गते पोखरा फर्काइने प्रहरीले जनाएको छ ।
 

सोमबार, ०५ कार्तिक २०८१, १६ : ५८

प्रतिक्रिया