काठमाडौँ - कामना सेवा विकास बैंकले सेयरधनीलाई नगद लाभांश खातामा जम्मा गरिदिएको छ ।
बैंकले असोज ३० गते सम्पन्न साधारण सभाबाट पारित लाभांश कात्तिक १ गतेबाट खातामा पठाउन सुरु गरेको थियो । बैंकले सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा ५ प्रतिशत नगद लाभांश (कर सहित) जम्मा गरेको जनाएको छ ।
प्रतिक्रिया